मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

आइतबार मध्यराति बाम गठबन्धनको शतक पूरा

दैनिक नेपाल २०७४ मंसिर २५ गते ६:३५

काठमाडौं, २५ मंसिर । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले प्रतिनिधीभाका १६५ सिटमध्ये १०० सिट जितेर जितेर शतक पूरा गरेको छ ।

नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले आइतबार मध्यराति बिजय हासिल गरेसँगै गठबन्धनले शतक पार गरेको हो ।

बाम गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ ।

बाम गठबन्धनले जितेको १०० सिटमध्ये एमाले एक्लैले ७० सिट जितिसकेको छ । एमालेको सूर्य चिन्हबाट जितेका हृृदेशयेश त्रिपाठी र बृजेश गुप्ताको समेत सिट जोड्दा एमालेको ७२ पुगेको छ ।

माओवादी केन्द्रले २७ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

एमालेले ७० सिट जित्दा ६ स्थानमा अग्रता कायम गरेको छ । माओवादीले ९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले १५ सिट जितेर ६ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित