आइतबार, ७ माघ २०७४
DainikNepal.com
आइतबार, ७ माघ २०७४

चितवन २ बाट अत्याधिक मतका साथ एमालेका कृष्णभक्त पोखरेल विजयी

प्रदेश २ (क)मा घनश्याम दाहाल र (ख)मा विजय सुवेदी विजयी

दैनिक नेपाल २०७४ मंसिर २४ गते १८:४४

चितवन, २४ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्ण भक्त पोखरेल भारी मतका साथ विजयी भएका छन् । एमाले चितवनका जिल्ला अध्यक्ष समेत रहेका पोखरेलले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतान्तरसहित पराजित गरेका छन् ।

अन्तिम मतपरिणाम अुनसार पोखरेलले ४४ हजार ६७० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे ।

त्यस्तै, प्रदेश २ (क)मा नेकपा (माओवादी केन्द्र)का घनश्याम दाहाल निर्वाचित भएका छन् । दाहालले २० हजार ३८१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीतनारायण श्रेष्ठले १५ हजार ६६३ मत प्राप्त गरे ।

यता, प्रदेश (ख)मा एमालेका विजय सुवेदी निर्वाचित भए । सुवेदीले २१ हजार ५७२ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६७० मत ल्याए ।

प्रतिक्रिया
सम्बन्धित