शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

घर किन्दा पनि चुनाव जित्न सकिनन् आरजुले, जनताको मतको अगाडि चलेन शक्ति

एमालेका नारदमुनीसँग ४८८० मतको फराकिलो अन्तरले पराजित

दैनिक नेपाल २०७४ मंसिर २४ गते १३:५७

काठमाडौं, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनी राना विजयी भएका छन् । उनले प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवालाई ४ हजार ८८० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

प्राप्त नतिजाअनुसार कैलाली ५ मा एमाले नेता नारदमुनीले २७ हजार २०२ प्राप्त गरे । प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत ल्याएर पराजित भइन् ।

कैलाली ५ मा कांग्रेसबाट उम्मेदवारी दिएपछि आरजुलाई टुरिस्टको आरोप लागेको थियो । यो आरोपपछि आरजुले धनगढीमा ३ करोड घर किनेर आफू स्थानीय भएको देखाएकी थिइन् । तर, जनताको मत अगाडि उनको ३ करोडको घर, पैसा र पावरको केही जोर चलेन ।

प्रतिक्रिया
सम्बन्धित