सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

विप्लव समूहले लियो जिम्मेवारीः चुनाव विथोल्न देशभर हामीले बम पड्काएका हौं, आजदेखि रोकिन्छ

दैनिक नेपाल २०७४ मंसिर २१ गते १५:५१

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचन प्रभावित पार्नेगरी देशभर भएका बम विष्फोटका घटनाको औपचारिक जिम्मेवारी लिएको छ । उनले आजैका दिनदेखि बम हमला रोकिने समेत स्पष्ट पारेको छ ।

बम बिष्फोटन हाम्रो नेतृत्वमा भएका प्रतिरोधका घटना हुन्, आज साँझ ५ बजे मतदान सकिएपछि बिष्फोटनका सबै कार्यक्रम फिर्ता लिन्छौं, विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने ।

उनले चुनाव खारेजी अभियानको नेतृत्व आफूहरुले गरेकाले सबै घटनाको औपचारिक जिम्मा हामी लिन्छौं भन्दै स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित