सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

चितवनबाट सैँतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

दैनिक नेपाल २०७४ मंसिर २१ गते १४:४४

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा (बिचमा) । फाइल फोटो ।

चितवन, २१ मंसिर । जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए । जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले सहज रुपमा मतदान भइरहेको बताए ।

प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित