मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गर्नेछः नेता सिटौला

दैनिक नेपाल २०७४ मंसिर २१ गते १३:१२

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर: यज्ञराज आङदेम्बे/रासस

बनियानी (झापा), २१ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताए ।

झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा बिहीबार बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, ‘संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन् ।’

उनले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे । ‘निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ’, नेता सिटौलाले भने ।

निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने बताउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने निश्चित भएको विचार व्यक्त गरे । –रासस

प्रतिक्रिया
सम्बन्धित