मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:५१

डोटी, २१ मंसिर । जिल्लाको खापरमाडौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित