सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

डा. सिके राउतको गाउँ महदेवामा मतदान गर्न कोही पनि आएनन्

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:३२

सप्तरी, २१ मंसिर । सप्तरीको महदेवा गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान गर्न कोही पनि नआएपछि मतदान शुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । ९६० मतदाता रहेका यो मतदान केन्द्र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतको गाउँ हो ।

यस केन्द्रमा हाल कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधिहरु मतदान गर्न नआएको सो केन्द्रका मतदान अधिकृत धनेश्वर साहले बताए । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको हुन सक्ने मतदान अधिकृत साहले बताएका छन् ।

केही समयअघि मात्रै प्रहरीले डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी क्रियाकलाप गर्न सक्ने भन्दै प्रहरीले राउतलाई पक्राउ गरेको थियो । सप्तरीका अन्य केन्द्रमा भने उल्लासका साथ मतदान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित