मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

‘प्रचण्ड’ जसले पहिलो पटक एमालेलाई भोट हाले

दैनिक नेपाल २०७४ मंसिर २१ गते ११:४८

भरतपुर, २१ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ चिन्हमा मतदान गरेका छन् ।

एमालेसँग वाम गठबन्धन गरेपछि ‘प्रचण्ड’ले चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट ‘सूर्य’मा मतदान गरेका हुन् । यद्यपि उनको यो मतदान आफ्नो लागि पनि पहिला हो ।

चितवन–३ ‘ख’मा पर्ने सो क्षेत्रमा प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट एमालेका कृष्ण भुर्तेल चुनावी मैदानमा छन् ।

‘प्रचण्ड’ले प्रतिनिधि सभामा आफ्नै लागि हँसिया–हथौडा र प्रदेश सभामा एमाले उम्मेदवार भुर्तेलका लागि ‘सूर्य’मा मतदान गरेका छन् ।

यसअघि पाँच निर्वाचन क्षेत्र रहेको चितवनलाई यस पटक तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।

‘प्रचण्ड’को गाउँ भीमसेननगर चाहिँ यसपटक पनि चितवन–३ मा नै परेको छ । यो निर्वाचन क्षेत्रमा ०६४ र ०७० को निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाल उम्मेदवार थिए ।

प्रचण्डले मतदानपछि संञ्चारकर्मीसगँ संक्षिप्त प्रतिक्रिया दिने क्रममा बाम गठ बन्धनअनुसार नै आफूले मतदान गरेको जनाएका छन् । उनले मतदान गर्ने क्षेत्रमा चितवन–३ ‘ख’बाट प्रदेश सभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण भुर्तेल चुनावी मैदानमा छन् ।

उनले दिएको प्रतिक्रियालाई खोतल्ने हो भने ‘प्रचण्ड’ले भुर्तेलका लागि एमालेको चुनाव ‘सूर्य’ चिन्हमा मतदान गरेका छन् ।

‘प्रचण्ड’को परिवार २०१९ फागुनमा कास्कीको ढिकुुरपोखरी लेवाडेबाट उक्त गाउँमा बसाई सरेको थियो । जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि उनले भीमसेननगरबाट नै मतदान गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित