मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

ओप्पोको नयाँ एफफाइभ फोनमा यस्ता छन् सुविधा

दैनिक नेपाल २०७४ मंसिर २१ गते ७:२६

काठमाडौं, २१ मंसिर । ओप्पोले कालो रङ्गमा ६ जिबी र्‍याम भएको एफफाइभ फोन बजारमा ल्याएको छ ।

कालो रङ्गमा सार्वजनिक गरिएको एफफाइभ ६ जिबीको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओप्पो एफफाइभ यूथ २७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । ओप्पो एफफाइभ यूथ भने मंसिर २२ देखि नेपाली बजारमा उपलब्ध हुनेछ ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले फ्ल्यागशिप मोडल एफफाइभका लागि ग्राहक तथा सरोकारवालाबाट राम्रो प्रतिक्रिया पाएको दावी गरे ।

६ जिबी र्‍यामयुक्त फोनमा ६४ जिबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ । पर्याप्त सञ्चय क्षमता भएको, प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवलयुक्त रहेको कम्पनीको भनाइ छ ।

ब्राण्डकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधिको प्रयोग यसमा गरिएको छ । जुन प्रविधिले मुहारको ग्लोबल डाटाबेस मार्फत फेसियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ ।

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेमसहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण गर्ने कम्पनीले जनाएको छ ।

ओप्पो एफफाइभ यूथमा १६ एमपी सेल्फी क्यामेरा (एफ २.०) र १३ एमपी रियर क्यामेरा जडान गरिएको छ । २१६०–१०८० रिजोल्यूशन (एफएचडी), ६ ईञ्च फुल–स्क्रिनले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा मोबाइल सेल्फी अनुभव प्रदान गर्छ ।

प्रतिक्रिया
सम्बन्धित