मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मतदान कसरी गर्ने ?

दैनिक नेपाल २०७४ मंसिर २१ गते ६:३७

काठमाडौं, २१ मंसिर । दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९९० मतदाताले मतदान गर्नेछन् । ती जिल्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि १२८ र प्रदेश सभातर्फ २५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तर, उनीहरूले ४ वटा मतपत्र भएको ३ वटा पाना पाउनेछन् । मतदानका लागि लाइन बसेका मतदाताले सुरुमा हरियो रंगको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा मतपत्र पाउनेछन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि कालो रंगको प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्, तर उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि रातो रंगको समानुपातिकतर्फको ठूलो आकारको मतपत्र पाउनेछन् ।

उक्त पाानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभातर्फ आफूले रुचाएको दललाई दुई ठाउँमा मतदान गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित