सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

आज ४५ जिल्लामा मतदान, आजै साँझबाट गणना सुरु हुने

दैनिक नेपाल २०७४ मंसिर २१ गते ५:४६

काठमाडौँ, २१ मंसिर । आज ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि आज मतदान हुन लागेको हो । मतदान सकिएपछि आजै साँझबाट पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भइसकेको छ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो ।

संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन हुन लागेको यो पहिलो हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ ।

एकजना मतदाताले तीनवटा मतपत्र मार्फत ४ ठाउँमा मतदान गर्नुपर्नेछ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक नागरिकता, लाइसेन्स लगायतबाट पनि मत हाल्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको ४ दिन र समानुपातिकको गणना ८ दिनभित्र सकि सक्ने लक्ष्य राखेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित