सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

काँग्रेस नेता प्रकाशशरण महत पक्राउ, धापासीका बासिन्दाले प्रहरीलाई बुझाए (हेर्नुस् भिडियो)

दैनिक नेपाल २०७४ मंसिर २० गते १९:३८

(रातो घेरामा डा. महत)

काठमाडौँ, २० मंसिर । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् ।

टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।

सुकुम्बासीलाई पैसा बाँडेको सूचना पाएपछि डा. महतलाई स्थानीयले लेखेटेका थिए । बसुन्धरा चोक नजिकै घेरा हालेर राखेका थिए । महाराजगन्ज वृत्तबाट नेपाल प्रहरी र सशस्त्रको टोलीलाई बुझाइएको टोखा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नरोत्तम राना मगरले दैनिक नेपाललाई जानकारी दिए । उनको साथमा काँग्रेसका नुवाकोटका नेता बहादुरसिंह लामा पनि थिए ।

पैसा बाँडेको खबर थाहा पाएपछि आफूहरुले प्रहरीलाई बोलाएको उनले बताए । घटनाको विषयमा जानकारी लिन खोज्दा डा. महतको फोन उठेन ।

प्रतिक्रिया
सम्बन्धित