मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

डोल्पामा तारको जालीभित्र सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिने

दैनिक नेपाल २०७४ मंसिर २० गते २०:०१

– रुपलाल बोहोरा
डोल्पा, २० मंसिर । डोल्पामा बिहीबार पाँच बजे पछि नै मतगणना गर्ने गरी तयारी गरिएको छ । बिहीबार हुने गणनालाई सहज र सुरक्षित बनाउनका लागीे मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजाली लगाएको छ ।

स्थानीय तहको निर्वाचनमा चितवनमा मतपत्र च्यातिएको घटनाले त्रसित रहेको जिल्ला सुरक्षा समितिले कडा सुरक्षा व्यवस्थाका साथै सिसिटिभी क्यामेरा र तारजालीले मतगणना स्थल घेरको हो । मतगणना गर्दा सुरक्षा सहजताका लागि गतगणना स्थल तारजालीले घेरेको मूख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार मतगणना प्रत्यक्ष निगरानीका लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतगणना स्थलमा ३ वटा सीसीटीभी क्यामेरा जडान गरेको मूख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए । उनले मतगणना स्थल सानो रहेकोले यति नै सीसीटीभी क्यामेराले पुग्ने दाबी गरे । मतगणनाको लागि प्राविधिक कुराहरु लगभग सकिएको र २१ गते विहान मतगणनामा बस्ने कर्मचारीहरुलाई अभिमूखीकरण गर्ने र निर्वाचनमा भाग लिएका जिल्लाका राजनीतिक दलसँग बैठक बसेपछि सबै तयारी सकिने उनले बताए । साथै २१ गते ५ बजे पछि मतगणना सूरु हुने मूख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार मतदान स्थल वरिपरि करिव ३ सय मिटरको क्षेत्रमा मदिरा बिक्रि वितरणलगायतका क्रियाकलापमा रोक लगाइएको छ । राजनीति दललाई पनि कार्यकर्ताहरु भिडभाड नगरिदिन अनुरोध गरिएको उनले बताए । उनले भने, ‘चेकजाँच कडा पारिएको छ । भित्रि र बाहिरी सुरक्षा मजबुद्ध पारिएइको छ । मतगणना गर्ने समय मात्र आउन बाँकि रहेको छ ।’

मतगणना स्थल साघुरो भएकोले मतगणना दुई समूहमा मात्र गरिने भएको छ । दल तथा उम्मेदारका प्रतिनिधिहरु पनि थोरै संख्यामा राखिने र चुइगम, गुठ्का, सूर्ति, पान तथा ज्वलनशील कुनै पनि वस्तु मतदान स्थलमा निषेध गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित