मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

अर्घाखाँचीमा काँग्रेस उम्मेदवारले बाम गठबन्धनको भोट किनेको खुलासा, ४ जना रंगेहात समातिए

दैनिक नेपाल २०७४ मंसिर २० गते १८:३५

अर्घाखाँची, २० मंसिर । अर्घाखाँचीमा नेपाली काँग्रेसले बाँडेको रकमसहित चारजना रंगेहात पक्राउ परेका छन् ।

काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा रामबहादुर बिसीले दिएको एक लाख २० हजार रुपैँयासहित चार जना पक्राउ परेका हुन् । बाम गठबन्धनका समर्थक रहेका उनीहरुलाई काँग्रेस उम्मेदवार बिसीले सन्धिखर्कको भण्डारी होटलमा बोलाएर गोप्य रुपमा उनीहरुलाई पैसा दिएको खुलेको छ । पक्राउ पर्नेमा मालारानी गाउँपालिका ४ का होमप्रसाद घिमिरे, ठाकुरप्रसाद पोख्रेल, टंक पोख्रेल र बसन्त चौहान रहेका छन् ।

काँग्रेस उम्मेदवार बिसीले मालारानी गाउँपालिकाका बिभिन्न व्यक्तिलाई सन्धिखर्कका बिभिन्न होटलमा बोलाउँदै भोट हाल्नका लागि पैसा बाँडेको उनीहरुले बताएका छन् ।

मौनअबधि चलिरहँदा अर्घाखाँचीमा पैसाको चलखेल निकै बढी देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित