मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

धनुषामा पैसा बाँड्दा बाँड्दै काँग्रेस र राजपाबीच झड्प, निधि र महतो १० करोड रुपैँया बाँड्न तयार

दैनिक नेपाल २०७४ मंसिर २० गते १८:०८

काठमाडौं, २० मंसिर । मौन अबधिको उल्लंघन गर्दै पैसा बाँड्दै गरेका काँग्रेस र राजपाका कार्यकर्ताबीच जनकपुरमा झडप भएको छ ।

धुनषा क्षेत्र नम्बरमा चुनाव लडेका काँग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोबीच पैसा बाँड्ने होडबाजीका बीच झडप भएको हो ।

पैसाको बिटो बोकेर जनकपुरको देवीचोकमा महतो पैसा बाँड्न निस्किएपछि मंगलबार मध्यरातमा झडप भएको थियो । राति सवा ११ बजे भएको झडपका क्रममा कांग्रेस र राजपाका केही कार्यकर्ता सामान्य घाइते भएका छन् । मध्यरातमा पैसा बाँड्न महतो आफै निस्किएपछि झडप भएको काँग्रेसका युवा नेता राकेशविक्रमले महतोले दाबी गरेका छन् ।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए । महतोलाई मंगलवार राति नै जनकपुर १६ को कपिलेश्वरमा पनि पैसा बाँड्न जाँदा कांग्रेस कार्यकर्ताहरुले रोकेका थिए ।

काँग्रेस नेता निधिले पनि खुल्लेआम पैसा बाँडेको महतोको दाबी छ । निधिले आफूलाई हराउन १० करोड रुपैँया खर्च गर्न लागेको भन्दै उनी पनि त्यति नै खर्च गर्न तयार देखिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित