मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै युएई मैदानमा (लाइभ)

दैनिक नेपाल २०७४ मंसिर २० गते १६:४६

काठमाडौँ, २० मंसिर । आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको युएईसँगको पहिलो खेलमा नेपालले २२२ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । शरदले ५ चौकाको मद्यतले अविजित सर्वाधिक ८१ रन बनाए । यस्तै ओपनर ज्ञानेन्द्र मल्ले ५४ रन जोडे । कप्तान पारस खड्का र सोमपालले समान २० तथा दीलिप नाथले १६ रन बनाए भने बसन्त रेग्मी १४ रनको योगदान गरे ।

युएईका जहुर खानले २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए ।

दोस्रो इनिङमा युएईले नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित