मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मध्यराति सवा एघार बजे राजेन्द्र महतो प्रचारमा निस्किएपछि झडप

दैनिक नेपाल २०७४ मंसिर २० गते १०:४२
जनकपुर, २० मंसिर । मौन अवधि जारी रहेका बेला जनकपुरको देवीचोकमा राजपा नेपालका र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
मंगलबार मध्यराति सवा ११ बजे धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधी सभा उम्मेदवार राजेन्द्र महतो प्रचार प्रसारमा घरबाट निस्किएपछि रोक्न खोज्न कांग्रेसका कार्यकर्तासँग झडप भएको हो ।
कांग्रेसका युवा नेता राकेशविक्रमले महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै राजेन्द्र महतोलाई आफूहरूले लखेटेको बताएका छन् ।  राजपा नेता जैन खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको बताए ।
जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए ।
सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको र जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए ।
धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित