मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

दैनिक नेपाल २०७४ मंसिर २० गते १०:१७

काठमाडौँ, २० मंसिर । स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको इङलिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । एथ्लेटिको मड्रिड भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५६ औँ मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । तर ७५ औँ मिनेटमा एथ्लेटिकोका स्टेफान साविकले आत्मघाति गोल गरेपछि खेल १–१ को बराबरीमा रोकिएको हो ।

६ खेलबाट ११ अंक पाएको चेल्सी समूह ‘सी’को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समान अंक बनाएको रोमा गोल अन्तरका आधारमा समूह वितेता बनेको छ । मंगलबार राति नै भएको खेलमा एफके क्वाराब्यागलाई १-० ले हराएको रोमा समूह विजेता बनेको हो । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित