मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

बदमासी गरेपछि अम्बे सिमेन्ट उद्योगलाई हदैसम्मको कारबाही, भत्किएला है घर ?

दैनिक नेपाल २०७४ मंसिर २० गते ७:२५

काठमाडौं, २० मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट (प्रा) लि पर्साको इजाजत रद्द गरेको छ ।

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कमसल कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले (प्रा)लिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा न्यून गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए ।

नेपालमा खुलेका अधिकांश सिमेन्ट उद्योगहरूको गुणस्तरमा प्रश्न उठिरहेका बेला अम्बे सिमेन्टको ठूलो घोटाला सार्वजनिक भएको हो ।

अम्बे सिमेन्ट प्रयोग भएर निर्माण भएका घर, सडक, पुल आदि संरचना भत्यिो भने त्यसको जिम्मेवार को बन्ने हो भनेर प्रशासनले ठूलो चिन्ता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित