सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकको प्रभातफेरी

दैनिक नेपाल २०७४ मंसिर १९ गते २१:०९

पोखरा (कास्की), १९ मंसिर । माछापुच्छ्रे बैंकले १९ औँ वार्षिक साधारण सभाको अवसरमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लन चोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा वित्तीय साक्षरता अन्तरगत बैंकिङ सचेतना जगाउने, बैंकिङ सेवाको फाइदा, सफा नोटको महत्व, डेबिट/क्रेडिट कार्डको उपयोग र यसको फाइदालगायतका बारेमा विभिन्न जानकारी दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ । साथै, हाल बैंकले ६४ अर्ब ५१ करोड निक्षेप परिचालन गरी ५६ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको छ । गत मंसिर १५ गते बसेको बैंकको वार्षिक साधारण सभाले ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले देशभर ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ७३ स्थानबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित