मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

नेपाल बङ्गलादेश बैंकद्वारा थप चार जिल्लामा शाखा विस्तार

दैनिक नेपाल २०७४ मंसिर १९ गते १८:३५

काठमाडौँ, १९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप चार स्थानमा शाखा विस्तार गरको छ । बैंकले ५१ औँ, ५२ औँ, ५३ औँ र ५४ औँ शाखाको रुपमा जुम्ला, धनकुटा, तेह्रथुम र संखुवासभामा शाखा विस्तार गरेको हो ।

बैंकले गत मंसिर १३ गते जुम्ला जिल्लाको सिन्जामा, मंसिर १७ गते धनकुटाको भेडेटार, साङ्गुरीगढीमा तथा तेह्रथुमको छत्तरमा र मंसिर १८ गते सङ्खुवासभाको पाँचखपनमा नयाँ शाखाहरुको शुभारम्भ गरेको छ । उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणले शाखाहरुको उद्घाटन गरेका थिए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा बताएका थिए । साथै, भेडेटार, साङ्गुरीगढी परिसरमा एटीएम सेवा पनि थप गरेको जानकारी बैंकले दिएको छ ।

यी ४ थप शाखाहरु सहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ४८ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ । आर्थिक वर्ष २०७३/७४ मा बैंकको कूल निक्षेप ४३.७१ अर्ब, कूल कर्जा ३७.४६ अर्ब र खुद नाफा १.२० अर्ब रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित