मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

ल्वांग खाँदा के–के हुन्छ फाइदा ?

दैनिक नेपाल २०७४ मंसिर १९ गते ७:५१

काठमाडौं । चियामा ल्वांग मिसाएरको पिउने गर्दा त्यसले स्वास्थ्यमा सहयोग पु¥याउने गर्छ । जाडो मौसममा निक्कै प्रभावकारी हुन्छ ।

ल्वांग हालेको चिया पिएमा चिसोबाट बच्न सकिन्छ । ल्वांगको बिशेषता तातो हो । जाडोमा दिनमा २ वा ३ पटक ल्वांग मिसाएको चिया पिउनाले चिसो लाग्नबाट बच्न सकिन्छ ।

यदि ज्वरोले सताएको छ भने पनि ल्वांग चिया पिउनाले निक्कै राहत दिन्छ । ज्वरो पनि लामो समयसम्म रहँदैन । ल्वांग हालिएको चियाले मांसपेशीको दुखाईबाट पनि राहत दिलाउने काम गर्छ ।

पाचनसम्बन्धि समस्या भएकाको लागि चिया एक असर कारक हो । पाचन प्रक्रियाको गति सुस्त भएको अवस्थामा ल्वांग चिया पिउनु लाभकारी मानिन्छ ।

यसले पाचनतन्त्रलाई बलियो बनाउछ । दाँत दुखेमा ल्वांगको तेल लगाउने गरिन्छ । ल्वांग चिया पिउनाले पनि राहत मिल्छ ।

प्रतिक्रिया
सम्बन्धित