मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

सात नम्बर प्रदेशमा १६ मध्ये काँग्रेसले ४ सिटमात्रै जित्ने गुप्तचर विभागको गोप्य रिपोर्ट

दैनिक नेपाल २०७४ मंसिर १८ गते २२:२२

धनगढी, १८ मंसिर । नेपाल प्रहरी र गुप्तचर विभागले सात नम्वर प्रदेशमा काँग्रेसले चार सिट मात्रै जित्ने गोप्य रिपोर्ट दिएपछि काँग्रेस नेताहरु अत्तालिएका छन ।

नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई काँग्रेसले चार सिट मात्रै जित्ने प्रतिवेदन बुझाएका छन् । यो रिपोर्ट कार्यकर्ता तहमै चुहिएपछि कांग्रेस नेता र कार्यकर्ताहरु आत्तिएका हुन ।

प्रहरी प्रतिवेदन अनुसार डडेल्धुरामा शेरबहादुर देउवा, कैलालीमा रामजनम चौधरी, कञ्चनपुरमा एनपी साउद र अछामका पुष्पकुमार शाह जित्ने देखिएका छन् । प्रहरीले कैलालीका मोहनसिह राठौर, डा. आरजू राणा, डोटीका वीरवहादुर बलाएर र कञ्चनपुरका रमेश लेखक थोरै मतले हार्ने सम्भावना भएको प्रतिवेदनमा उल्लेख छ । सात नम्बर प्रदेशमा १६ सिट छन् । पहिलो चरणमा चुनाव भएका चारवटै जिल्लामा पनि एमालेले प्रतिनिधिसभाका चार र प्रदेशका आठबटै क्षेत्र जित्ने आँकलन प्रहरीको छ ।

प्रदेश सभाका ३२ सिटमा पनि काँग्रेसबाट कैलालीमा जनक चौधरी, अरुण चौधरी र कञ्चनपुरका वहादुरसिंह थापा मात्रै जित्ने पक्का भएको प्रहरी रिपोर्ट छ । चुनाव हार्ने भएपछि डडेलधुराका सभापति कर्ण मल्ल र कैलालीका नरनारायण शाह बढी तनावमा रहेको चर्चा छ । मल्ल आफै प्रदेशका उम्मेदवार छन् भने शाहले निर्वमान सांसद पुस्करनाथ ओझाको चुरीफुरी रोक्न डा. आरजू राणालाई धनगढी ल्याएका थिए ।

चुनाव हार्ने भएपछि डा. आरजूले स्मार्टसीटीका नक्कली सम्झौता गराउने, सेती अञ्चल अस्पतालको स्तरवृद्धि भएको चर्चा गराएको हल्ला चलाउन थालेकी छन् । त्यतिमात्रै होइन एमाले उम्मेदवार नरादमूनी रानाले अस्पतालको स्तरवृद्धिको विरोध गर्यो भनेर प्रोपागान्डा गरिरहेकी छिन् । उनले बामगठवन्धनमा शंका उत्पन्न गराउन फलाना–फलाना कांग्रेस हुने भन्ने हल्ला चलाउन थालेकी थिइन्, तर त्यो पनि असफल भएको छ । कञ्चनपुरमा भने एनपी साउदले राना र थारु समूदायमा गएर तामा तुलसी छुन लगाउँदै भोट मागिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित