मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

म्यानचेष्टरसँग आर्सनल ३-१ ले पराजित

दैनिक नेपाल २०७४ मंसिर १७ गते ९:०१

लण्डन, १७ मंसिर । पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले दुई गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ ।

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो । ४९औँ मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलका लागि आशा जगाए । तर लिनगार्डले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले गोल अन्तर बढायो ।

७४औँ मिनेटमा पउल पोग्वाले सिधै रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडी झरेको थियो । तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३-१ नै विजयी भयो ।

जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ । एक खेल कम खेलेको सिटी ४० अंकका साथ शीर्ष स्थानमा छ । सिटीले आज घरेलु मैदानमा वेष्टहमसँग खेल्दैछ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित