मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

यस्तो प्रकारको मानसिक तनाव हुन सक्छ घातक

दैनिक नेपाल २०७४ मंसिर १६ गते १९:४७

एजेन्सी । अधिकांश मानिसहरु हरेक मानसिक तनावको शरीरमा एकै प्रकारको असर हुन्छ भन्ने सम्झिन्छन् । तर यस्तो सोचाइ राख्नु गलत हो । केही समय अघि मात्रै गरिएको एक अनुसन्धानका अनुसार अन्य खालका मानसिक तनावको तुलनामा अफिससँग सम्बन्धीत मानसिक तनाव बढि घातक हुने गर्दछ ।

डेनमार्कको कोपनहेगन युनिभर्सिटीले गरेको अध्ययनमा अफिसको कारणले तनाव लिने कर्मचारीमा टाइप टु डाइबेटिज (दोस्रो प्रकारको मधुमेह)को जोखिम ४६ प्रतिशतले बढि हुने देखाएको छ । अनुसन्धानकर्ता प्राध्यापक डाक्टर नाजा रोडका अनुसार अफिसमा हुने वातावरणले कर्मचारीको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ ।

अनुसन्धानमा सहभागी मानिसहरुमध्ये एक तिहाइले अफिसमा सबैभन्दा बढि आफूभन्दा सिनियर कर्मचारीबाट बढि मानसिक तनाव हुने गरेको बताएको थिए । यसको सिधा असर व्यक्तिको खानपिनमा पर्दछ । जसबाट शरीरको पाचन प्रक्रियामा असर पर्दछ । कामको दवाब बढ्नु तथा लगातार मानसिक तनाव लिनाले टेस्टोस्टेरोन हर्मोनको उतारचढाव हुँदा यसले व्यक्तिको स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दछ ।

प्रतिक्रिया
सम्बन्धित