मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगन्ज स्पोर्टस् अनर’

दैनिक नेपाल २०७४ मंसिर १६ गते ९:५९

काठमाडौं, १६ मंसिर । क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगन्ज स्पोर्टस् अनर’बाट सम्मानित भएका छन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी क्रियटिभ ह्याण्ड्स ग्रुपले राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी क्षेत्रीलाई सम्मानसहित स्कुटर प्रदान ग-यो । उमेर समूह हुँदै सिनियर क्रिकेट टिममा पुगेर नेपाली खेलकुदमा पु-याएको योगदानको कदर गर्दै क्रिकेटर क्षेत्रीलाई सम्मान गरिएको हो ।

सन् २००२ मा अन्डर १५ टोलीबाट क्रिकेट करियर सुरु गरेका नेपालगन्जका क्षेत्रीले सन् २००५ मा अन्डर–१९ राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २००६ मा मलेसियामा भएको एसिसी ट्रफीमा सिनियर टोलीबाट पहिलो म्याच खेलेका क्षेत्री, नेपालको ट्वान्टी–ट्वान्टी विश्वकप छनोट यात्राका सदस्य पनि थिए ।

क्रिकेटर क्षेत्रीले सम्मानका लागि योग्य ठानेकोमा आयोजक संस्थालाई धन्यवाद दिए । आफूले खेल जीवनमा संघर्ष गरेको बताउँदै उनले यस प्रकारको सम्मानले थप ऊर्जा प्राप्त भएको बताए । उनले भने, ‘खेल जीवनमा मैले ठूलो संघर्ष गरेको छु । निकै दुःख पाएको छु । आज सम्मानित हुदाँ निकै ऊर्जा मिलेको छ । देशका लागि अझै मिहिनेत गर्नेछु ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले क्रिकेटर क्षेत्रीले नेपाली खेलकुदमा पु-याएको योगदानको चर्चा गर्दै खेलाडीको सम्मानका लागि आयोजक संस्थाले गरेको प्रयासको प्रशंसा गरे ।

प्रतिक्रिया
सम्बन्धित