मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

सेक्सी अवतारमा आइन् करीना

दैनिक नेपाल २०७४ मंसिर १६ गते ९:२६

मुम्बई । बलिउड अभिनेता सैफअली खानसँग विवाह गरेकी अभिनेत्री करीना कपुर दिन प्रतिदिन निखिरिदै गएकी छन् । उनको सुन्दरता झन् झन् बढ्दो छ ।

उनी जति जिममा पसिना बगाउँछिन् । त्यति नै उनको सौन्दर्यमा निखार आँने गरेको छ, भने फिगर झ्न पर्फेट देखिन्छ ।

हालै मनीष मल्होत्राका लागि उनी ¥याम्पमा उत्रिएकी थिइन् । उनले आकर्षक पहिरन समेत प्रस्तुत गरिन् । उनी धपक्कै बलेकी थिइन् ।

हालै मात्र उनले चर्चित म्यागजिन ‘बजार बृड’को कभरका लागि केही तस्बिर खिचाएकी छन् । यो फोटो सुटमा उनी निकै क्युट तथा आकर्षक देखिएको चर्चा गरिएको छ ।

फोटो सुटमा सेतो रंगको गाउँनमा करिना सजिएकी थिइन् । उक्त गाउनमा करीना आकर्षक देखिएकी थिइन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित