मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

चर्चामा सुष्माको रातो विकिनी

दैनिक नेपाल २०७४ मंसिर ५ गते १२:४४

काठमाडौँ । सुष्मा कार्कीलाई नेपाली चलचित्र क्षेत्रमा हट नायिकाको रुपमा लिने गरिन्छ । उनी हाल चलचित्र क्षेत्रमा सक्रिय नभए पनि फेसबुकमा भने निकै सक्रिय छिन् । फेसबुकमा समय समयमा हट तस्विरहरु पोष्ट गरेर उनी आफ्ना फ्यानहरुलाई सरप्राइज दिन रुचाउँछिन् ।

केही समय अघि बलिउड सुपरस्टार नायक सलमानसँगको फोटो फेसबुकमा पोेष्ट गरेर चर्चामा आएकी थिइन् । उनी त्यसै फोटोलाई लिएर केही भारतीय मिडियाहरुमा पनि छाएकी थिइन् । यस्तोमा सुष्मा स्विमिङ पुलमा खिचिएको हट तस्विरहरुले उनी फेरी एकपटक चर्चामा आएकी छिन् ।

फेसवुकमार्फत सार्वजनिक भएका उनका तस्वीरका लागि क्याप्सन लेखेकी छन्, विन्टर इज नेभर कोल्ड ह्वेन यू आर हट इनफ ! अर्थात्, जाडो मौसम कहिल्यै चिसो हुँदेन, यदी तिमी आफैँ हट छौ भने !

जाडो मौषममा पनि उनले निर्धक्कसँग बिकिनी लगाएर स्विमिङ पुलमा पोज दिएको देख्न सकिन्छ । फोटोमा उनी रातो विकिनीमा देखिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित