मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

रसुवामा तीन मोटरसाइकलमा आगजनी

दैनिक नेपाल २०७४ मंसिर ४ गते १०:३५

फाइल तस्वीर

रसुवा, ४ मंसिर । चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ ।

प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ ।

यही मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हुन सक्ने थप घटनाप्रति सचेत रहँदै यथेष्ट रुपमा प्रहरी गस्ती बढाइएको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित