सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

दोलखाको बिकासमा कांग्रेसले सिन्को पनि भाँचेनः नेता गुरुङ

दैनिक नेपाल २०७४ मंसिर ३ गते १८:३७

दोलखा, २ मंसिर । एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्वत गुरुङले दोलखाको बिकाशमा कांग्रेसले सिन्कोसमेत नभाँचेको ठोकेवा गर्नुभएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकाको नाम्दुमा आयोजित चुनावी सभामा बोल्दै नेता गुरुङले माथिल्लो तामाकोशी जलबिद्युत आयोजनालगायत दोलखामा भएका बिकाश निर्माणका सवै काम एमाले, माओवादीलगायत कम्युनिष्ट पार्टीले गरेको ठोकुवा गर्नुभयो ।

‘दोलखामा कांग्रेसले जहिले पनि बिकाश अवरुद्ध गर्ने काम गर्यो, २०५४ साल भन्दा अगाडिसम्म कांग्रेसले दोलखामा केही गरेन, त्यसपछि कम्युनिष्ट निर्वाचित भयो, त्यसपछि बिकाशले गति लियो, अहिलेसम्म दोलखामा सडक, जलबिद्युतलगायतका जति पनि बिकाश भयो, ती सवै बिकाश निर्माणका काम हामी कम्युनिष्टहरुले गरेका हौं,’ गुरुङले भन्नुभयो । उहाँले अव समृद्ध दोलखा, सखी दोलखाली बनाउने काम पनि बाम गठबन्धनबाट मात्रै संभव हुने ठोकुवा गर्नुभयो ।

नेता गुरुङले कांग्रेस अहिले सत्ताबाट हटनु पर्ने भयो भन्ने त्रासबाट बिक्षिप्त बनेर कम्युनिष्टले जित्दा अधिनायकवाद आउने कुतर्क गरिरहेको प्रष्ट पार्नुभयो । ‘कांग्रेस सत्ताबाट जनताले गलहत्याउने भए भनेर बिक्षिप्त बनेको छ, झुट कुरा लिएर जनतामा भ्रम छर्न थालेको छ, कांग्रेसले सधै बिकाश र लोकतन्त्रमा प्रतिगमन गराएको तथ्यबाट जनताको ध्यान अन्यत्रै मोडन यी सव झुटको खेती गरेको हो, यस्को भ्रममा कोही नपरौं,’ गुरुङले भन्नुभयो । उहाँले अव नेपाली कांग्रेस प्रदेश र केन्द्र दुवैमा सत्ता बाहिर बस्नुपर्ने ठोकुवा गर्नुभयो ।

‘अव कांग्रेस दोलखाबाट मात्रै होइन, देशबाटै बडारिन्छ, शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री हुन, अव कांग्रेसले कहिल्यै जित्दैन,
प्रधानमन्त्री पनि बन्दैन, तपाईहरुको भोट खेर नफाल्नोस, दुई तिहाईका साथ दोलखाको समृद्धि ल्याउने बाम गठबन्धनको पक्षमा दिनोस,’ गुरुङको भनाई थियो ।

गुरुङले कांग्रेसले छरेको भ्रममा नपरी दोलखा प्रदेश सभा १ मा माओवादी केन्द्रका नेता बिशाल खडका, प्रदेश सभा २ मा पशुपति चौलागाई र
प्रतिनिधिसभामा आफूलाई बिजयी गराउने अभियानमा लाग्न अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित