मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

यसरी दिइयो प्रकाश दाहाललाई अन्तिम श्रद्धाञ्जली, प्रचण्ड रोए

दैनिक नेपाल २०७४ मंसिर ३ गते १४:४३

काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

काठमाडौँको पेरिसडाँडास्थित माओवादी केन्द्रको हेडक्वार्टरमा दिउँसो १ बजेबाट प्रकाश दाहालको शव श्रद्धाञ्जलीको लागि राखिएको हो । माओवादी अध्यक्ष प्रचण्डले भावविह्वल हुँदै प्रकाशलाई श्रद्धाञ्जली दिएका छन् । प्रचण्डले छोराको अनुहार हेर्न समेत सकेनन् । रोइरहे ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जलीका लागि बिभिन्न दलका नेता, सरकारका मन्त्रीहरु पनि पेरिस डाँडा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित