सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

प्रकाशको निधन बारे नर्भिकका चिकित्सक के भन्छन् ?

दैनिक नेपाल २०७४ मंसिर ३ गते १२:५७

काठमाडौं, ३ मंसिर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहाललाई मध्यरातमै हृदयाघात भएको चिकित्सकले बताएका छन् ।

नर्भिक अस्पतालका चिकित्सक डा. यादव भट्टका अनुुसार, अस्पताल ल्याउनुअघि नै उनको ज्यान गइसकेको थियो । उनको नाडी नचल्नुका साथै शरीर पनि कडा भइसकेको थियो ।

अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि अर्थात राति ३ बजे नै प्रकाशलाई एक्कासी हृययघात भएको चिकित्सकहरुको अनुमान छ ।

बिहान सबेरै उठ्ने प्रकाश नउठेपछि आमा सीता दाहालले कोठामा छिरेर हेर्दा उनी ओछ्यानमा अचेत अबस्थामा थिए । त्यसपछि हतार हतार गरेर बिहान साँढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुगेको आधा घण्टा नबित्दै चिकित्सकहरुले प्रकाशको निधन भएको घोषणा गरेका थिए ।

आइतबार मध्यान्ह नर्भिक अस्पतालमा पुगेका प्रचण्डलाई प्रकाशको मृत्युबारे चिकित्सकहरुले औपचारिक जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित