सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

प्रचण्डलाई समवेदना दिँदै प्रधानमन्त्री देउवाले भने, ‘प्रकाश दाहालको मृत्युले मर्माहित भएको छु’

दैनिक नेपाल २०७४ मंसिर ३ गते ११:४१

काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । छोराको मृत्युमा प्रचण्ड परिवारलाई समवेदना दिँदै प्रधानमन्त्री देउवाले आफू प्रकाश दाहालको मृत्युले मर्माहित भएको बताएका छन् ।

उनले ट्वीटमार्फत श्रद्धान्जली व्यक्त गर्दै प्रचण्ड परिवारप्रति समवेदना प्रकट गरेका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्घाञ्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित