सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

पीडा लुकाउन खोज्दा खोज्दै पनि सकेनन् प्रचण्डले (हेर्नुस् भिडियो)

दैनिक नेपाल २०७४ मंसिर ३ गते १०:५८

– राजकुमार ओली

झापा, ३ मंसिर । एक्ला छोरा प्रकाश दाहालको निधनपछि अकस्मात काठमाडौँ आउँदै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडा लुकाउन खोज्दै थिए, तर उनको अनुहारमा पीडा प्रष्ट छचल्किन्थ्यो ।

प्रकाशको निधनको खबर पाएपछि तत्कालै प्रचण्डलाई हेलिकप्टरको व्यवस्था गरिएको थियो । बिर्तामोडस्थित बीएडसी अस्पतालको छतमा रहेको हेलिप्याडमा आइतबार बिहान हेलिकप्टर चढन् जानै लाग्दा उनको साथमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि थिए । उनीहरु दुबैको अनुहार ओइलिएको फुल जस्तै थियो । प्रचण्ड अघि-अघि, ओली पछि-पछि थिए ।

प्रचण्ड केही बोल्न खोजेजस्तो देखिन्थे, तर बोल्न सक्दैन थिए । ओलीले छतमै पुगेर प्रचण्डलाई हेलिकप्टर चढाए । र, सम्हाल्न अनुरोध पनि गरे । प्रकाशको निधनपछि झापा पनि शोकमा डुबेको छ। एमाले अध्यक्ष ओली निकै निराश देखिएका छन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित