मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

प्रकाशको निधनपछि आकस्मिक रुपमा काठमाडौँ आइपुगे प्रचण्ड, झापाबाट बिदाई गर्दै ओलीले के भने ?

दैनिक नेपाल २०७४ मंसिर ३ गते १०:००

काठमााडौँ, ३ मंसिर । एक्ला छोरा प्रकाश (साकार) दाहालको हृदयघातबाट निधन भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक रुपमा काठमाडौँ आइपुगेका छन् ।

आइतबार बिहान हृदयघातबाट प्रकाशको निधन भएपछि झापाको विर्तामोडमा रहेका प्रचण्ड हेलिकप्टरमार्फत काठमाडौँ फर्केका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले उनलाई बिदा गरेका थिए ।

बिर्तामोडस्थित बीएण्डसी अस्पतालको सातौं तलामा रहेको हेलिप्याडबाट हेलिकप्टर चढाउँदै नेकपा एमालेका अध्यक्ष ओली लगायतले प्रचण्डलाई सम्हालिन अनुरोध गरेका थिए । प्रचण्ड निकै भावुक देखिएका थिए ।

प्रचण्ड आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाने तयारीमा थिए ।

प्रकाश प्रचण्डका एक्ला छोरा हुन् । उनले बाबुको सचिवालय सम्हाल्दै आएका थिए । झापामा रहेका बाबु प्रचण्डसँग उनले शनिबार राति पनि टेलिफोनबाट कुराकानी गरेका थिए ।

शनिबार बिहान उनलाई अचानक हृदयघात भएको हो । परिवारजनले तत्कालै नर्भिक अस्पताल लगे पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।

२०३८ सालमा जन्मेका प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया
सम्बन्धित