मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

पुत्र शोकमा रहेका प्रचण्ड यस्तो अवस्थामा देखिए

दैनिक नेपाल २०७४ मंसिर ३ गते ९:५२

काठमाडौं, ३ मंसिर । आइतबार बिहानै झापामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाजिम्पाटस्थित निवासबाट फोन आएपछि आत्तिए ।

उनले आफ्ना सहयोगीहरूलाई सबै कुरा सुनाए । त्यसपछि प्रचण्डलाई काठमाडौं फर्कने व्यवस्था मिलाइयो ।

प्रचण्डलाई लिन हेलिकप्टर झापा पुगेपछि गम्भीर मुद्रामा देखिएका प्रचण्ड मन थामेर आफू बसेको कोठाबाट बाहिर आएका थिए । उनी हेलिकप्टरमा पनि मनभित्रको पीडा लुकाउने प्रयास गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनले आफूलाई सम्हालेर छोरो गुमाउनु परेको पीडा बाहिर देखाउन चाहेका थिएनन् । प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले हेलिकप्टरबाट बिदाई गरेका थिए ।

प्रचण्ड अबको केही मिनटभित्रै छोरोलाई राखएको अस्पताल थापाथलीस्थित नर्भिममा पुग्दै छन् । नर्भिक अस्पतालमा प्रकाशका शुभचिन्तक र आफन्तहरूको ठूलो भीड लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित