सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

प्रकाशले बाबु प्रचण्डलाई अन्तिम पटक यसो भनेका थिए

दैनिक नेपाल २०७४ मंसिर ३ गते ९:३७

काठमाडौं, ३ मंसिर ।

सामाजिक सञ्जालमा बेलाबेला आलोचित बन्ने गरेका प्रकाश दाहाल अन्नतः छोटो समयमै यो संसारबाट बिदा भएका छन् ।

जीवनमा बहुविवाह गर्नबाहेक उनले जानेर अर्को भूल गरेका छैनन् । आइतबार बिहान उनै प्रकाशको मृत्युको खबरले देश शोकमग्न भएको छ ।

प्रकाश चुनावी सभामा प्रचण्डको साथ लागेर हिँडिरहन्थे । सभाको लाइभ पनि गर्थे । चितवनबाट फर्किएपछि प्रचण्डसँग झापा भने उनी गएनन् । प्रचण्डलाई उनले भने, ‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’

प्रकाशले झापाको कार्यक्रमबारे शनिबार राति पनि बाबु प्रचण्डसँग कुराकानी गरेका थिए । बाबुको सचिवालय सम्हाल्दै रहेका प्रकाशले प्रचण्डका भेट, कार्यक्रम सबै व्यवस्थापन गर्दै आएका थिए ।

घरमा आराम गरेर बसे पनि चुनावी कार्यक्रम लगायतको उनी जानकारी लिइरहन्थे । तर, आइतबार बिहान ५ बजे ह्दयघात भएपछि उनलाई अस्पताल लगियो । र, बचाउन सकिएन ।

एक्ला छोरा प्रकाशको निधनपछि प्रचण्ड परिवारमा बज्रपात आइपरेको छ ।

प्रतिक्रिया
सम्बन्धित