सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

विपीको सपना पूरा गर्न यहाँ आएको हुँः अर्थमन्त्री कार्की

दैनिक नेपाल २०७४ मंसिर २ गते १९:०९

सुनसरी, मंसिर २ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकबाट प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले आफू विपी र गिरिजा प्रसाद कोईरालाको कर्म भुमिमा आएको बताएका छन् ।

अर्थमन्त्री समेत रहेका कार्कीले विपी र गिरिजाका बाँकी सपना पूरा गर्न भोजपुरबाट सुनसरी आएको दाबी गरे । शनिवार ईनरुवा नगर पालिकाको वडा नम्बर ३ स्थित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब त्यहि नै आफ्नो बाँकी जीवन बिताउने पनि बताए । उनले अहिलेको चुनावमा मुख्य रुपमा यस क्षेत्रको विकास प्रमुख उद्देश्य रहेको बताए ।

‘यो क्षेत्रको जिम्मा मैले मात्र लिन सक्छु र यो क्षेत्रको विकासलाई राष्ट्रिय राजनीतिमा मैले मात्र लान सक्छु’ भेलालाई सम्बोधन गदै उनले भने, ‘यो क्षेत्रबाट म निर्वाचित भएमा यो क्षेत्रको विकास पाँच वर्षमा चारवटा क्षेत्र रहेको यो क्षेत्रलाई एक नम्बर बनाउनेछु ।’ विशेष महिला, किसान र युवालाई लक्षित कार्यक्रम ल्याउने उनले बताए ।

नेपाली काँग्रेसको जित सुनिश्चित भएकोले अब ढिलो नगरीकन जनताको घरदैलोमा पुग्न उनले कार्यकर्तालाई निर्देशन दिए । आफूलाई विपक्षीले बाहिरबाट आएको भन्दै झुटो प्रचारवाजी गरेकोमा दुख व्यक्त गर्दै उनले भने, ‘म यहाँको लागि कुनै नौलो व्यक्ति होईन भोजपुरमा मेरो जन्म भएपनि कर्मभूमी वा घरबार यहि प्रकाशपुरमा भएको हो ।’ नेपाली जनतालाई सम्पन्नतादिलाउने मेरो आवश्यकता भएकोले आफूलाई बहुमतले निर्वाचित गराउन उनले आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित