मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

नेपालकी निकिता चाण्डक मिस वर्ल्डको उत्कृष्ट दशमा

दैनिक नेपाल २०७४ मंसिर २ गते १६:५६

काठमाडौँ, २ मंसिर । नेपालबाट मिस वर्ल्ड-२०१७ मा सहभागीता जनाइरहेकी मिस नेपाल निकिता चाण्डक उत्कृष्ट १० प्रतियोगीभित्र पर्न सफल भएकी छिन् । चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको मिस वर्ल्डमा चाण्डक ‘पिपुल्स चोइस अवार्ड’को उत्कृट दश र ‘मल्टिमिडिया’ विधाको उत्कृष्ट ८ मा पर्न सफल भएकी हुन् । यी दुई विधाको विजेता घोषणा गर्न बाँकी रहेको छ ।

टप मोडल विधामा उनी उत्कृष्ट ३० भित्र परेकी थिइन् । तर यो विधाको विजेता नाइजेरियाकी सुन्दरी भइसकेकी छिन् । ‘ब्युटि विथ पर्पस’ नामक अर्को विधामा उनी उत्कृष्ट २० मा परेकी थिइन् ।

चाण्डक यसअघि नै ‘हेड टु हेड च्यालेन्ज’मार्फत उत्कृष्ट ४० मा प्रवेश गरेकी थिइन् । प्रतियोगिताको फाइनल आज शनिबार नेपाली समय अनुसार साँझ सवा ५ वजे हुनेछ । मिस वर्ल्ड फाइनलको प्रत्यक्ष प्रसारण मिस वर्ल्डको आधिकारीक वेबसाइटमा हेर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित