मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

लमजुङ जाँदै गरेका काँग्रेस नेता रामचन्द्र पौडेलमाथि यसरी हानियो बम (तस्वीरसहित)

दैनिक नेपाल २०७४ मंसिर २ गते १५:५२

लमजुङ, २ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र पौडेल चढेको गाडीमा प्रेसर कुकर बम प्रहार भएको छ ।

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।

बम प्रहारबाट जिपको सिसा फुटेको र एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घटनापछि पौडेललाई स्कर्टिङ गरी प्रहरीले वेशीसहर पुर्याएको छ ।

वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै थिए ।

प्रतिक्रिया
सम्बन्धित