मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

सरकारी ढुकुटीबाट जथाभावी रकम वितरण नगर्न चेतावनी

दैनिक नेपाल २०७४ मंसिर १ गते २०:२७

काठमाडौँ, १ मंसिर । पच्चीस जोड समूहले सरकारले निर्वाचनको समयमा जथाभावी रकम वितरण नगर्न आग्रह गरेको छ । ढुकुटी रित्याउने गरी आफ्नो पछि लाग्ने हरुवाभरुवालाई बाँडेको रकमको आफूहरुले हिसाब राखेको समूहले जनाएको छ ।

समूहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चेतनामूलक १० हजार पर्चा सर्वसाधारणलाई वितरण गरेको जनाएको छ ।

उक्त प्रर्चामा निर्वाचनको समयमा प्रचारप्रसारमा हेलिकप्टर, बालबालिका प्रयोग, सामुदायिक विद्यालय भवन, विदेशी कार मोटर प्रचार सामग्रीको सार्वजनिक प्रयोग भएका घटनाले निर्वाचनमा जनताले खोजे जस्तो जनप्रतिनिधि नआउने हुँदा जनतालाई चनाखो हुन आग्रह गरिएको छ ।

निर्वाचनलाई धाँधलीरहित निष्पक्ष बनाउन निर्वाचन आयोगलाई आग्रह गरिएको छ भने भ्रष्टाचार गर्ने सरकारको सम्पत्तिमा लुट मच्चाउने र निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई मत नदिन सर्वसाधारण नागरिकलाई सचेत गरिएको छ ।

समूहका सदस्य सूर्यनाथ उपाध्यायले मुलुकमा विधिको शासन कायम हुनुपर्ने, भ्रष्टाचारी तथा अपराधी प्रवृत्तिको उम्मेदवारलाई कुनै पनि हालतमा जनताले मतदान नगरुन् भनेर सो पर्चा वितरण गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित