सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

वातावरणमैत्री साइकल र सफा टेम्पोमा चुनावी प्रचार गर्दै विवेकशील साझाका उम्मेद्वार

दैनिक नेपाल २०७४ मंसिर १ गते २०:०४

भक्तपुर, १ मंसिर । विवेकशील साझा पार्टी भक्तपुरका उम्मेदवारहरु साईकल प्रयोग गर्दै भोट माग्दैछन्।

“तराजुमा भोट, भ्रष्टाचारीलाई चोट” भन्ने नारा सहित उनीहरु भक्तपुरमा भोट माग्न साइकल र सफा टेम्पो प्रयोग गर्दै आएका छन्।

भक्तपुरमा विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधि सभा अन्तर्गत निर्वाचन क्षेत्र नं १ मा दिपेश न्यौपाने, क्षेत्र नं २ मा शशी विक्रम कार्की र प्रदेश सभाको क्षेत्र नं १ (क) मा कालिचरण कार्की, क्षेत्र नं २ (क) मा रमेश राई तथा क्षेत्र नं २ (ख) मा राम बादेले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित