मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मर्निङ वाकमा ‘प्रचण्ड’ कांग्रेसको पार्टी कार्यालय पुगेपछि…

दैनिक नेपाल २०७४ मंसिर १ गते ९:१६

चितवन, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको कार्यालय पुगेका छन् ।

शिवनगरबाट प्रचण्ड बिहीबार बिहान मर्निङ वाकमा निश्किएका थिए । भरतपुर महानगरपालिका वडा नं. २१ स्थित माइली चोकमा पुगेपछि प्रचण्डलाई कांग्रेस पार्टी कार्यालयमा केही समय बसेको एक नेताले बताए ।

प्रचण्ड कांग्रेसको कार्यालयमा आएर बसेपछि कांग्रेस नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुका साथ चिया खानका लागि प्रस्ताव राखेका थिए । केही समय प्रचण्डले चिया गफ गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

त्यस क्रममा प्रचण्डले कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भोट मागेका थिए । जवाफमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले तपाईको छोरी रेणु दाहाललाई जिताएको स्मरण गराउँदै कांग्रेसलाई छाडेर एमालेसँग वाम गठबन्धन बनाएकाले तत्काल कुनै पनि सहयोग गर्न नसकिने जवाफ दिएको कांग्रेसका एक नेताले बताए ।

प्रचण्ड एमालेको समर्थनमा क्षेत्र नं. ३ मा उम्मेदवार बनेका छन् । उनलाई कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का नेता तथा मन्त्री बिक्रम पाण्डेले टक्कर दिँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित