मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

सिंचाई राज्यमन्त्री पुनको गाडीमा बम प्रहार

दैनिक नेपाल २०७४ कार्तिक ३० गते १४:२०

रोल्पा, ३० कात्तिक । सिंचाई राज्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन चढेको गाडीमा बम प्रहार गरिएको छ ।

घरदैलो कार्यक्रमका क्रममा रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँ पुगेका मन्त्री पुनलाई लक्षित गरी बिहीबार दिउँसो बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अज्ञात आक्रमणकारीले मन्त्री पुन चढेको गाडीमा पडाडिबाट बम प्रहार गरेका थिए । घटनामा कुनै क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि पनि रोल्पामा चुनावी प्रचारका क्रममा दुईपटक आक्रमण भइसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित