मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

‘चीनबाट खोसिएको बुढीगण्डकी आयोजना अब भारतलाई दिइने’

दैनिक नेपाल २०७४ कार्तिक २९ गते २१:३१

काठमाडौं, २९ कात्तिक । चीनसँगको सम्झौता खारेजी गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण जिम्मा अब भारतलाई दिने तयारी भइरहेको दाबी गरिएको छ ।

सम्झौता खारेज भएपछि वाम गठबन्धनका शीर्ष नेताले यो निर्णय प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले भारतको इशारामा गरेको आरोप लगाइरहेका बेला भारतबाटै पुष्टि हुने खालको समाचार आएको छ ।

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले चिनियाँ कम्पनी गेजुवाबाट खोसिएको बुढीगण्डकी अब भारतीय कम्पनी एनएचपिसीलाई दिने तयारी गरिएको जनाएको छ । एनएचपीसी भारतीय सरकारकै कम्पनी हो, मुम्बई स्टक एक्सचेञ्जमा सूचीकृत यो कम्पनी भारत सरकारको स्वामित्वमा नै छ ।

समाचारमा नेपालमा भारतको प्रभाव राम्रो भएको र त्यसैका कारण बुढीगण्डकी एनएचपीसीलाई दिन लगिएको दावी गरिएको छ । दक्षिण एसियमा भारत र चीन कुन देशले आफ्नो प्रभाव देखाउने भन्ने प्रतिस्पर्धाका कारण बुढीगण्डकी चीनबाट खोसिएको दावी पनि गरिएको छ ।

उपप्रधान तथा उर्जामन्त्री कमल थापाको प्रस्तावमा गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने तत्कालिन प्रधानमन्त्री प्रचण्डको निर्णय खारेज गरेको थियो ।

सम्झौता खारेज भएपछि वाम गठबन्धनका शीर्ष नेताले यो निर्णय प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले भारतको इशारामा गरेको आरोप लगाइरहेका बेला भारतबाटै पुष्टि हुने खालको समाचार आएको छ ।

प्रतिक्रिया
सम्बन्धित