सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

विरोलोले शिकार नपाएझै भएको छ काँग्रेसः पाण्डे

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २०:०३

– शालिग्राम नेपाल

चितवन, २८ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले अब सरकारमा जान नसकिने भयो भनेर नेपाली काँग्रेस छट्टपाएको बताउनु भएको छ ।

क्षेत्र नं. १ अन्र्तगत पूर्वी चितवनको वछ्यौलीमा कार्यालय उद्घाटन गर्ने क्रममा सभालाई सम्वोधन गर्दै वर्षौदेखि सत्तामा वसिराखेको काग्रेस अव कम्युनिष्टको स्थायी सरकार हुने भयो भनेर छटपटाइराखेको बताउनु भयो । सत्ता गुम्ने र जनताले पाखा लगाउने भयो भनेर अत्तालिएर एमाले माओवादी केन्द्र माथि नानाथरीका आरोप लगाएका छन् । ‘शिकार नपाए विरालोले खावो चिथोर्न थाल्दछ, सरकार जाने भयो भनेर जथावामी वोल्दै हामीलाई गाली गरेर हिडेको छ ’ उहाले भन्नु भयो ‘सधै सत्तामा वस्ने तर सिन्को नभाच्ने काँग्रेसलाई यसपाली जनताले एकपटक तिमिहरु प्रतिपक्षमा वस भनेका छन् ।

२०४८ साल देखि ५१ सम्म वहुमतको सरकार हुदा पनि केही काम गर्न नसकेर कमजोर भइसकेको छ । सरकारमा जाने तर काम नगर्ने वानी काँग्रेसमा परेकाले जनताले यस पटक प्रतिक्षमा राख्न तयार भएको बताउनु भयो । कम्युनिष्टको सरकारले जनपक्षीय काम गरेर काँग्रेसलाई जवाफ दिएको छ उदाहरणको रुपमा मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई हेर्दा हुन्छ उहाले भन्नु भयो । कार्यक्रममा उहाले विरोधीहरुले फैलाएको जस्तो कुनैपनि तानाशाही अव नेपालमा आउन नसक्ने बताउनु भयो । तीन पुस्ताको वलिदानीमा आएको लोकतन्त्रको घाँटी निमोठेर अव कुनै प्रकारको तानाशाही आउने सम्भावना हुदैन ।

झण्डै दुइदशक जानाशाहीले जेल हालेर लोकतन्त्र ल्याउन नेतृत्व गरेको पार्टीले कसरी तानाशाही ल्याउछ उहाले भन्नु भयो । अव जन्मने बालबालिकाले तानाशाही देख्न पाउदैनन् तानाशाहीको शासन र उनीहरुको पलायनको वारेमा इतिहासमा मात्र अध्ययन गर्न पाउनेछन् । मंसिरमा हुने निर्वाचन पार्टी एकताको लागि कोशेढुंगा सावित हुने छ । हामी पार्टी एकताको तयारीमा थियो तर निर्वाचन आइसकेकाले केही विषयमा छलफल गर्नु पर्ने हुदा निर्वाचन अगाडि एकता सम्भव भएन निर्वाचन पछि यही २०७४ साल भित्रै हामीले पार्टी एकता गरेर नयाँ सन्देश दिनेछौ ।

कम्युनिष्टको नेतृत्वमा हुने सरकारले आर्थिक सम्वृद्धिलाई प्राथमिकता दिएर हाम्रै पालामा देशलाई सम्पन्न गराउने दिसा तर्फ लैजानेछौ । काम नपाएर रोजगारीको लागि विदेश जानु पर्ने वाध्यता हटाएर नेपालमा नै रोजगारीको प्रसस्त अवसर प्रदान गर्ने छौ उहाले भन्नु भयो यो काम गर्न कठिन छ तर हामी गरेर देखाउने छौ । विकास गर्ने मोडलको कार्यक्रम हामीसंग छ त्यो हामीले गरेर जनताले महसुस गर्नेछ ।

कार्यक्रममा क्षेत्र नं. १ को प्रदेश नं. २ का उम्मेदवार कृष्णप्रसाद खनालले शिक्षा स्वास्थ्य, रोजगार, उपचारका क्षेत्रमा हामीले काम गरेर देखाउने बताउनु भयो । पूर्वी चितवनलाई वाढीबाट सुरक्षित क्षेत्रका रुपमा विकास गर्न हामी प्रयत्नरत भएका छौ । विजयी भए पश्चात मुग्लिन नारायणगढ सडको विकल्पका रुपमा भण्डारा मलेखु सडकलाई निर्माण पूरा गर्ने बताउनु भयो । त्यस्तै गरी शक्तिखोर हुग्दी सडक मार्ग, सौराहामा अन्र्तराष्ट्रिय स्तरको सभाहल निर्माण गरेर ठुला कार्यक्रम गर्न चितवन जानु पर्छ भन्ने सन्देश दिन चाहने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित