शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

उधारोमै भएको थियो गौचनको हत्या

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २०:१४

काठमाडौँ, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनसँग सम्बन्धीत व्यक्तिहरु पक्राउ परेसँगै हत्यासँग जोडिएका केही अन्य कुरा पनि बाहिर आएका छन् । हत्यामा संलग्नहरुले प्रहरीसँग दिएको बयानमा उधारोमा नै गौचनको हत्या गरिएको बताएका छन् ।

उनीहरुले हत्या गरेबापत पाउनुपर्ने रकम हालसम्म पनि नपाएको प्रहरीलाई बयानमा बताएका छन् । उनीहरुले फिरौती रकमको लागि गौचनको हत्या गरेका थिए । पक्राउ पर्नेहरु हत्याका मुख्य योजनाकार भने होइनन् । मुख्य योजनाकारहरु हालसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ । मुख्य योजनाकारहरुले उनीहरुलाई हत्याका लागि सुपारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित