शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

देउवाको गृहजिल्लामा साडी बाडेर ‘जबरजस्ती’ पार्टी प्रवेश गराउदै कांग्रेसका उम्मेदवारहरु

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १७:५८

डडेल्धुरा, २८ कात्तिक । नेपाली कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा काग्रेसका उमेदवारहरुले निर्वाचन आचारसंहिता विपरित मंगलबार जिल्ला सदरमुकाममै साडी दिएर जवरजस्ती पार्टी प्रवेश गराएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रदेश सभाका उमेदवार कर्ण बहादुर मल्ल र प्रतिनिधी सभा समानुपातिक तर्फका उमेदवार पद्मा गुरुङले स्विटर, धोती र सौल दिएर कपडा परिवर्तन गर्न लगाई आफुलाई नाटकीय रुपमा पार्टी प्रवेशको टिका लगाएको झुपरी देवीको आरोप छ ।

नेपाली कांग्रेस डडेल्धुराका केही कार्यकर्ताहरुले आफुलाई केही काम छ भनेर बोलाएको र टिका लगाएर पार्टी प्रवेशको नाटक गरेको बताए । बिहान ९ बजे घरमा खाना पकाइरहेका बेला काम छ भनी दुइ जना कांग्रेस कार्यकर्ता आएका र गाडीमा राखेर कांग्रेस पाटी कार्यालय पुर्याएको दमाईले बताईन् ।

जबरजस्ती टिका लगाए पश्चात पत्रकारहरुसंग कुरा गर्दै झुपरिले भनिन्– ‘मैले एमाले छोडेको छैन्, अन्य कुरा गर्नुछ भनी बोलाएर कांग्रेस सभापति कर्ण बहादुर मल्लले जबरजस्ती टिका लगाएका हुन्’ । कांग्रेस निकट रहेका अमरगढी ४ तल्लो खलंगाका उमेश बस्नेतले ‘छोरालाई जागीरको लागी कुरा गर्दिन्छु भनेर आफुलाई नेपाली कांग्रेस सभापति मल्ल लाई भेटाएको झुपरीले बताईन् ।

विहान ९ बजेतिर खाना पकाईरहको समयमा अमरगढी नगरपालिका ४ खलङ्गाका गोपाल बस्नेतले तपाईको छोरालाई जागिर लगाउनका लागी कुरा गर्नु पर्ने भयो भन्दै नेपाली काग्रेसका सभापति कर्ण मल्ल कहाँ पुरयाएको र पछि कर्ण मल्लले टिका लगाएको हो । टिका लगाएर नेपाली काग्रेसको सदस्यता दिएको भए पनि सदस्यतामा आफुले हस्ताक्षर नगरेको दमाईले बताईन ।

जबरजस्ती पार्टी प्रवेश गराएकोले आफ्नो सामाजिक प्रतिष्ठामाथी आच आउने कार्य गरेको भन्दै वडा सदस्य दमाईले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दोषिलाई कारवाहीका लागी माग गर्दै निवेदन दर्ता गराएकि छन ।

नेपाली कांग्रेसका उमेदवारहरुले निर्वाचन आचारसंहिता विपरित कार्याकर्ताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तथा साडी धोती दिएर कार्यकर्ताहरुलाई जवरजस्ती पार्टी प्रवेश गराउने कार्य गलत भएको भन्दै संयुक्त बाम गठबन्धनले प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित