सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा रिमाल

दैनिक नेपाल २०७४ कार्तिक २८ गते १७:३०

काठमाडौं, २९ कात्तिक । नेकपा एमालेले केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी पोलिटब्युरो सदस्य बिष्णु रिमाललाई दिएको छ ।

आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक सूचना सम्पेशन, भेरिफाइ र मिडिया समन्वयका लागि परिचालन कमिटी सदस्यसमेत रहेका रिमाललाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ता तोकेका हुन् ।

बैठकले निर्वाचनको क्रममा समन्वय गर्न बिभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । जसअनुसार निर्वाचन आयोगतर्फ समन्वयका लागि पोलिटब्युरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ समन्वयका लागि केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ ।

बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार बिभाग सदस्य गणेश बस्नेतलाई केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यमा थप गरेको छ । बैठकले देशभरका सवै निर्वाचन क्षेत्रमा हुनसक्ने संभावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्न हुनसक्ने चलखेलप्रति सतर्क रहन सवै पार्टी कमिटी र आम मतदातालाई अपिलसमेत गरेको छ ।

बैठकले बिभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचार संहिता बिपरितका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित